पूर्वी लिबियामा बाढीका कारण दुई हजार बढीको मृत्यु

Published on

काठमाडौं । पूर्वी लिबियामा आइतबार आएको बाढीका कारण दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीमा परी हजारौँ मानिसहरू बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताउनुभएको हो । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा हम्मादले धेरै मृत्यु बन्दरगाह सहर डेरनामा भएको जानकारी दिनुभयो ।

उहाँले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ । त्यस्तै, उपप्रधानमन्त्री अलि अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गर्नुभयो । स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...