न्यू समिट कलेजमा TechTrix 2023 सुरु

Published on

काठमाडौँ – न्यु समिट कलेज , शान्तिनगर, काठमाडौँ तथा TechTrix Nepal द्धारा आयोजित TechTrix 2023  शुक्रवारबाट सूरु भएको छ । तेस्रो संस्करण TechTrix Nepal कार्यक्रमको उद्धघाटन पूर्व उपप्रधान तथा स्थानिय तथा संघिय मामिला मन्त्री एवं काठमाडौँ क्षेत्र नं १ का संघिय सांसद माननिय प्रकाशमान सिंहले गर्नुभयो ।

No description available.

कार्यक्रमको सभापतित्व कलेजका प्रिन्सिपल चोकराज दवाडीले गर्नुभएको थियो । कार्यक्रम आयोजना गर्नुको उदेश्य शिप बिकास र प्रयोग, आर्जन गरिएको सिपलाई विश्वविद्यालय शिक्षा मार्फत शैक्षिक उदेश्य प्राप्ती र सो मार्फत विभिन्न IT Company संग समन्वय गराउने र सके सम्म स्वदेशमा विद्यार्थिलाई आत्मर्निभर बनाउने कथमकदाचित विदेश गएमा सम्मानजनक पेशा प्राप्त गर्न सक्ने जनशक्त्ती निमार्ण गर्ने एवं विभिन्न IT कलेजका विद्यार्थिमाझ भाईचारा मार्फत एक अर्काका प्रतिस्पर्धी बनाउने रहेको प्रिन्सिपल दवाडीले जनाए ।

कार्यक्रममा राष्ट्रिय सुचना तथा प्रविधि केन्द्रका कार्यकारी निर्देशक श्री प्रदिप शर्मा पौडेलको विषिष्ट अतिथिको रुपमा उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य कलेजका अध्यक्ष श्री अजय प्रसाद ढकालले राख्नुभएको थियो ।

No description available.
तिन दिन सम्म संचालन हुने कार्यक्रममा उपत्यका तथा उपत्यका वाहिरका १८ वटा IT कलेजको २३ वटा टिमको सहभागिता रहेको कार्यक्रममा , Hackathon , Project Demonstration , Gaming Events , IT Quiz लगायत विभिन्न प्रतियोगिता रहनेछन्। माननिय प्रकाशमान सिंहले भन्नुभयो “ न्यु समिट कलेजले क्ष्त् का विद्यार्थिलाई यस्ता कार्यक्रम मार्फत अथाह सम्भावनाका ढोका खालेको र आवश्यकता परेमा प्रविद्यि क्षेत्रलाई उचाईमा पु¥याउन आफुले निर्वाहगर्नुपर्ने भुमिका निभाउन तयार रहको जानकारी गराउदछु ।”

No description available.
कार्यक्रम आयोजना गरिनुको उदेश्यमा कलेजका स्नातकतह कार्यक्रम संयोजक प्रवेश ढुङ्गानाले प्रकास पार्नु भएको थियो । TechTrix Nepal  का सदस्य कस्तुभ कार्कीले यो कार्यक्रम IT को सुरुवात नभएर एक पूस्तकनै हुने र आफुसंग भएको सृजनशिलता प्रयोग गर्न सके विश्व IT वजारमा आफ्नो बलियो उपस्थित जनाउन सकिने बताए । कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम +2 कार्यक्रम संयोजक तिर्थराज घिमिरेले संचालन गरेका थिए । विभिन्न प्रतियोगितामा विजेता हुने प्रतियोगिलाई नगद पुरस्कार , प्रमाणपत्र तथा विभिन्न उपहार प्रदान गरिने आयोजकले जानकारी गराए ।

कार्यक्रमको मुख्य आकर्षण Hackthon मा प्रतियोगिले निरन्तर ३० घण्टा एकै ठाउमा वसेर दिएको Theme मा तयार पारेको Project लाई विज्ञ निर्णायक सामु प्रस्तुत गरेर उत्कृष्ट टिम विजयी हुने कुरा आयोजकले बताए ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...