आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

Published on

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ । हाल सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा साथै देशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

आज काठमाडौँमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । अहिले काठमाडौँमा आंशिक बदली रहेको र वायुको तापक्रम २५ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको मौसमविद् मानन्धरले बताउनुभयो । आज काठमाडौँमा अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ । रासस

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...