विश्वासघात आरोपमा पक्राउ परेका कलाकार अनमोल केसी हिरासतमुक्त

Published on

काठमाडौँ – कलाकार अनमोल केसी हिरासतमुक्त भएका छन्। उनलाई आइतबार बेलुकी हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार अनमोललाई हिरासतमुक्त गरिएको हो। आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका केसीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। ‘रावायण’ फिल्म खेल्न उनले १० लाख रूपैयाँ लिएको तर पछि नखेल्ने भनेर रकम पनि फिर्ता नगरेको आरोप उनीमाथि छ।

फिर्ता नगरेपछि निर्माताले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले गत शुक्रबार केसीलाई पक्राउ गरेको हो।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...