भूकम्प पीडितका लागि साहारा ग्लोबल बिजनेस ग्रुपका अध्यक्ष शर्माले गरे दुई लाख सहयोग

Published on


काठमाडौ – साहारा ग्लोबल बिजनेस ग्रुप र समाजसेवी तथा युवा उद्यमी सुदर्शन शर्माले भूकम्प पीडितको लागि एक/एक लाख सहयोग गरेका छन् ।

साहारा ग्लोबल बिजनेस ग्रुपका अध्यक्ष समेत रहेका शर्माले आफ्नो व्यक्तिगत तर्फबाट एक लाख र कम्पनीको नामबाट एक लाख गरि जम्मा दुई लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।


जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको युवा उद्यमी शर्माले बताउनुभयो ।


गत शुक्रबार राती गएको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा मात्रै अहिलेेसम्म १ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् भने सयौँ घरहरूमा पूर्ण क्षति भएको छ । सयौँ परिवार घरविहिन भएर बसेका छन् भने यति खेर जाजरकोट र रूकुमपश्चिम शोकमग्न भएको छ ।


जाजरकोट भूकम्पमा परी ९३७ घरमा पूर्ण क्षति भएको छ भने २,९५४ घरमा आंशिक क्षति भएको छ । गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...