काङ्ग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालयकाे विशिष्ट सम्मान

Published on

काठमाडौं १० मंसिर । नेपाली काङ्ग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतकाे प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेकाे छ । स्थापना दिवसको अवसरमा भारत स्थित प्रतिष्ठित लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट याेगदान दिन सक्ने विशिष्ट व्यक्तिकाे रुपमा सम्मानित गरेकाे हाे । (नोबेम्बर २५) मा विश्वविद्यालयले आफ्नो स्थापना दिवस मनाउने गर्ने गर्दछ । साेही अवसरमा काङ्ग्रेस नेता लेखक सहित १०३ औं स्थापना दिवसकाे अवसरमा ७ जना पूर्व विद्यार्थीलाई विश्वविद्यालय सम्मान गरेकाे छ ।
विश्वविद्यालयले विगत देखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । लखनउ विश्वविद्यालयले भारत लगायत विदेशकाे शैक्षिक विकासमा समेत ठूलो याेगदान गर्दै आएको भन्दै नेता लेखकले शैक्षिक विकासमा विश्वविद्यालयले महत्त्वपूर्ण याेगदान दिएकाे बताउनुभयाे । “केही समय अघि लखनउ विश्वविद्यालयका उपकुलपति प्रा. आलोक कुमार, नेपालका त्रिभुवन विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति बीच शैक्षिक विकासमा साझेदारी गर्ने विषयमा द्विपक्षीय सम्झौता भएकाे अवस्था छ ।” नेता लेखकले भन्नुभयो, “नेपाली पक्षबाट भएका शैक्षिक विकासका समझदारी, साझेदारी लगायतका सम्झौताहरु कार्यान्वयनका लागि मेराे पहलकदमी हुनेछ । ” आउँदाे दिनमा समेत शैक्षिक विकासकाे लागि विश्वविद्यालय सँग थप सहकार्य साझेदारी गर्ने उहाँले बताउनुभयो ।
नेता लेखकले सन १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालय बाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए । लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक समेत छन् । यसअघि २ पटक मन्त्री भैसकेको नेता लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन् ।

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...