काङ्ग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालयकाे विशिष्ट सम्मान

Published on

काठमाडौं १० मंसिर । नेपाली काङ्ग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतकाे प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेकाे छ । स्थापना दिवसको अवसरमा भारत स्थित प्रतिष्ठित लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट याेगदान दिन सक्ने विशिष्ट व्यक्तिकाे रुपमा सम्मानित गरेकाे हाे । (नोबेम्बर २५) मा विश्वविद्यालयले आफ्नो स्थापना दिवस मनाउने गर्ने गर्दछ । साेही अवसरमा काङ्ग्रेस नेता लेखक सहित १०३ औं स्थापना दिवसकाे अवसरमा ७ जना पूर्व विद्यार्थीलाई विश्वविद्यालय सम्मान गरेकाे छ ।
विश्वविद्यालयले विगत देखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । लखनउ विश्वविद्यालयले भारत लगायत विदेशकाे शैक्षिक विकासमा समेत ठूलो याेगदान गर्दै आएको भन्दै नेता लेखकले शैक्षिक विकासमा विश्वविद्यालयले महत्त्वपूर्ण याेगदान दिएकाे बताउनुभयाे । “केही समय अघि लखनउ विश्वविद्यालयका उपकुलपति प्रा. आलोक कुमार, नेपालका त्रिभुवन विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति बीच शैक्षिक विकासमा साझेदारी गर्ने विषयमा द्विपक्षीय सम्झौता भएकाे अवस्था छ ।” नेता लेखकले भन्नुभयो, “नेपाली पक्षबाट भएका शैक्षिक विकासका समझदारी, साझेदारी लगायतका सम्झौताहरु कार्यान्वयनका लागि मेराे पहलकदमी हुनेछ । ” आउँदाे दिनमा समेत शैक्षिक विकासकाे लागि विश्वविद्यालय सँग थप सहकार्य साझेदारी गर्ने उहाँले बताउनुभयो ।
नेता लेखकले सन १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालय बाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए । लेखक सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक समेत छन् । यसअघि २ पटक मन्त्री भैसकेको नेता लेखक कञ्चनपुर–३ बाट निर्वाचित सांसद हुन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...