स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

Published on

काठमाडौं, १३ मंसिर । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति नियुक्त भएका छन्। सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो।

डा. वाग्ले अर्का उपसभापति डिपी अर्यालपछिको वरीयता तोकिएको छ। कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका वाग्ले गत वैशाखको उपचुनावअघि रास्वपा प्रवेश गरेका थिए।

तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडेका उनी कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...