संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

Published on

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायुजन्य हानी नोक्सानी समेटिएको वृत्तचित्र ’हिमालको पुकार’ (द प्ली अफ माउण्टेन) प्रदर्शन गरिएको छ ।

उक्त वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल पग्लिँदा त्यसले जनजीवनमा पारको असरलाई देखाइएको छ । त्यस्तै, जलवायु परिर्वनका कारण नेपालको मनाङ, मुस्ताङ, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, डोल्पाको फुक्सुण्डो, तराई मधेशमा गएका बाढी पहिरो र क्षति समेटिएको छ ।

वृत्तचित्रमा प्रभावित क्षेत्रका बासिन्दाको आवाज समेटिएको छ भने नेपाललाई जलवायु न्यायका लागि विशेष ध्यानकर्षण गराइएको छ ।

उक्त वृत्तचित्रको लेखन र निर्देशन पत्रकार बालकृष्ण बस्नेतले गरेका हुन् । सम्मेलन अन्तर्गत नेपाल पेभिलिएनमा वन तथा वातावरण मन्त्रालय र साथसाथै संस्थाको संयोजनमा भएको कार्यक्रममा वृत्तचित्र प्रदर्शन गरिएको हो । वृत्तचित्र प्रदर्शनपछि त्यसबारे विभिन्न विज्ञहरुबीच अन्तरक्रिया समेत भयो । अघिल्लो वर्ष इजिप्टमा भएको जलवायु सम्मेलन कोप २७ मा पनि बस्नेतकै लेखन, निर्देशन रहेको वृत्तचित्र ’द भ्वाइस् फर क्लाइमेट जष्टिस्’, प्रदर्शन गरिएको थियो ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...