संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

Published on

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायुजन्य हानी नोक्सानी समेटिएको वृत्तचित्र ’हिमालको पुकार’ (द प्ली अफ माउण्टेन) प्रदर्शन गरिएको छ ।

उक्त वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल पग्लिँदा त्यसले जनजीवनमा पारको असरलाई देखाइएको छ । त्यस्तै, जलवायु परिर्वनका कारण नेपालको मनाङ, मुस्ताङ, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, डोल्पाको फुक्सुण्डो, तराई मधेशमा गएका बाढी पहिरो र क्षति समेटिएको छ ।

वृत्तचित्रमा प्रभावित क्षेत्रका बासिन्दाको आवाज समेटिएको छ भने नेपाललाई जलवायु न्यायका लागि विशेष ध्यानकर्षण गराइएको छ ।

उक्त वृत्तचित्रको लेखन र निर्देशन पत्रकार बालकृष्ण बस्नेतले गरेका हुन् । सम्मेलन अन्तर्गत नेपाल पेभिलिएनमा वन तथा वातावरण मन्त्रालय र साथसाथै संस्थाको संयोजनमा भएको कार्यक्रममा वृत्तचित्र प्रदर्शन गरिएको हो । वृत्तचित्र प्रदर्शनपछि त्यसबारे विभिन्न विज्ञहरुबीच अन्तरक्रिया समेत भयो । अघिल्लो वर्ष इजिप्टमा भएको जलवायु सम्मेलन कोप २७ मा पनि बस्नेतकै लेखन, निर्देशन रहेको वृत्तचित्र ’द भ्वाइस् फर क्लाइमेट जष्टिस्’, प्रदर्शन गरिएको थियो ।

ताजा समाचार

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...

काभ्रेको श्वेत भैरव मन्दिर

काठमाडौं । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत...

आठ हजार चालक रसिदकै भरमा सवारी कुदाउँदै

काठमाडौं । राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ...