दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

Published on

बुटवल, २७ मंसिर ।  दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा आमाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दीपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको नरा १ ख २८४० नम्बरको खाली टिपर र सोही दिशातर्फ जाँदै गरेको नरा ७ प ३३३१ नम्बरको मोटरसाइकल घोराही ३ मसोट नजिकै आपसमा ठक्कर खादा मोटरसाइकलमा सवार बुढाथोकीको मृत्यु भएको हो। यसैगरी मोटरसाइकल चालक (मृतकका छोरा) २३ वर्षीय सफल बुढाथोकी घाइते भएका हुन्।

घाइते सफलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। टिपर चालक घोराही १४ का ३२ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...