पुर्चाैडी आँखा उपचार केन्द्र: स्वामित्व र आम्दानी नगरपालिकाकै, ३ लाख आम्दानी, सयाैँले सेवा लिए

Published on

बैतडीको पुर्चाैडी नगरपालिकाले आँखा उपचार केन्द्रको स्वामित्व आफैसँग राख्नेगरी स्थापना गरेको जनाएको छ ।  नगरपालिका र च्यारीटी हेल्थ फाउन्डेसन नेपालबीच भएको सम्झौता पत्रमा नगरपालिकाकै पूर्ण स्वामित्वमा सञ्चालन गरिने र उक्त उपचार केन्द्रबाट आर्जन गरिने आम्दानी नगरपालिकाको आन्तरिक आम्दानीमा दाखिला गरिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

सुफथ मुल्यमा नागरिकहरुलाई उपचार सेवा दिने सम्झौतामा उल्लेख गरिएको छ भने शल्यक्रिया गर्नुपर्ने स्थितिका बिरामीहरुलाई निशुल्क शल्यक्रियाको प्रवन्ध मिलाईने नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख दिपक बहादुर बमले नगरबासीको सहजताका लागि नै उपचार केन्द्र स्थापना गरिएको जानकारी दिए । हालसम्म एक पटक शिविरको आयोजना गरिएको छ । उक्त शिविरबाट ५ सय भन्दा बढीले एकै पटक शल्यक्रिया सेवा लिएका थिए । यसैगरी ७५१ जनाले नियमित सेवा लिएको नगर प्रमुख बमले बताए । ‘यति जनाले सेवा लिए, शिविरमा ४९२ जनाले निशुल्क शल्यक्रिया गरेका थिए, अझै पनि रेफर गरिएका आँखाका बिरामीको निशुल्क शल्यक्रिया हुने गरेको छ, फागुनसम्म अर्काे शिविरको आयोजना गर्दै छौँ,’ प्रमुख बमले भने ।

२०७९ कार्तिक २२ गतेदेखि सञ्चालनमा आएको उपचार केन्द्रबाट हालसम्म ३ लाख रुपैया आम्दानी गरिएको छ । उक्त रकम नगरपालिकाको खातामा जम्मा भएको प्रमुख बमले बताए ।
आन्तरिक आम्दानी पनि हुने र उपचार सेवा समेत सहजै नागरिकहरुले पाइरहेकाले यसमा बिरोध गर्नुको अर्थ नरहेको वडा नं १ का वडा अध्यक्ष गणेश गडालले जानकारी दिए ।

सम्झौतामा नागरिकहरुको सहज पहुँचको लागि स्थापना गरिएको आखा उपचार केन्द्रमा प्रभावकारी सेवा सुचारु नभएको नागरिकहरुले गुनासो गरेका थिए ।

नगरपालिकाले उपचार केन्द्र स्थापनाको लागि ९ लाख अनुदान रकम आँखा उपचार केन्द्रलाई प्राप्त भएकाे साे आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक साेनु भट्टले जानकारी दिनु भएकाे छ । केही दिन यता उक्त आँखा उपचार केन्द्रलाई विभिन्न सामाजिक संजालमा चस्मा पसल भनी बिराेध गरिएकाे थियाे ।

ताजा समाचार

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...

गाउँमै मौलिकता झल्कने सङ्ग्रहालय

काठमाण्डौँ । नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको...

स्थानीय तहलाई गिटी र बालुवाको ठेक्का लगाउन सकस

काठमाण्डौँ । सिन्धुलीका स्थानीय तहले ढुङ्गा, गिटी र बालुवाको ठेक्का लगाउन सकेका छैनन् ।...

नेपाल एयरलाइन्समा देखिएका समस्याहरु दीर्घकालीन रुपमा समाधान गर्छौ : मन्त्री पाण्डे

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको...