दोधारा–चाँदनी सुख्खा बन्दरगाह निमार्णको काम दुईतिन महिना भित्र अगाडि बढ्छ :रमेश लेखक

Published on

महेन्द्रनगर १३ माघ । नेपाली काङ्ग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकले दोधारा–चाँदनी सुख्खा बन्दरगाह निमार्णको काम दुईतिन महिना भित्र अगाडि बढ्ने बताएका छन् । शनिवार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा नेता तथा प्रमुख सचेतक लेखकले दोधारा–चाँदनी सुख्खा बन्दरगाह निमार्णको काम दुईतिन महिना भित्र अगाडि बढ्ने बताएका हुन् ।
“सुख्खा बन्दरगाह निमार्णको लागि नेपाल र भारत बिच अन्तिम सम्झौता भैसकेको अवस्था छ, डिपीआरको विषयमा पनि दुईओटै देशका बिचमा सहमती भएको छ ।” काङ्ग्रेस नेता तथा प्रमुख सचेतक रमेश लेखकले भने, “हामी अबको दुईतिन महिना भित्रै भारतको सहयोगमा टेण्डर गरेर बन्दरगाह निमार्णको कार्य अगाडि बढाउछौं ।”
यसैगरि काङ्ग्रेस नेता लेखकका अनुसार उत्तर तर्फको डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै छिमेकी मुलुक चीन सम्म महाकाली करिडोर जोड्ने काम अगाडि बढेको छ ।
“हामीले यस वर्ष कञ्चनपुर देखि डडेल्धुरा जिल्लाको जोगबुढा सम्म ट्रयाक खोल्न सफल भएका छौ, आउँदो प्रत्येक वर्ष प्रत्येक एकएक जिल्ला हुँदै महाकाली करिडोरलाई चीन सम्म जोड्ने हाम्रो योजना रहेको छ ।” लेखकले भने, ।
यसैगरि मझगाँउमा विमानस्थल सञ्चालनमा ल्याउने कुरा र महाकाली प्रादेशिक अस्पताललाई थप गुणस्तर सँगै सुविधा सम्पन्न गराउने कुरालाई समेत केन्द्रबाट अगाडि वढाएको अवस्था रहेको उनले बताए ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...