अजरबैजान पठाइदिने भन्दै ३३ लाख रकम लिइ फरार कन्सलटेन्सी सञ्‍चालक पक्राउ

Published on

काठमाडौं । वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक कन्सलटेन्सीका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको मिराकल कन्सलटेन्सीका सञ्चालक २३ वर्षीय राम शरण शिवाकोटी रहेको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले शिवाकोटीलाई कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको जानकारी दिए।

उनले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै पीडित युनिसा आले मगरसहित केही व्यक्तिबाट ३३ लाख २ हजार रकम लिइ फरार भएका थिए। अजरबैजान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने,त्यहाँ २ लाख रुपैयाँ तलब हुने भनी विश्वास दिलाइ पीडितहरूबाट पटक(पटक गरी ३३ लाख २ हजार रुपैयाँ लिइ भारतको नयाँ दिल्लीमा लुकिछिपी बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनलाई कञ्चनपुरको गड्डा चौकीबाट नियन्त्रणमा लिएको हो। उनले फ्रान्स,स्पेन,युक्रेनजस्ता देशहरूमा पठाइदिने भन्दै व्यक्तिहरूसँग रकम लिएको खुल्न आएको छ।

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...