उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

Published on

काठमाडौं। उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघातबाट निधन भएको छ। मंगलबार बिहान घरमै बसेका ५६ वर्षीय न्यायाधीश मरासिनीको स्वास्थ्यमा एक्कासी समस्या आएको थियो। लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले निवासमै रहेको बेला न्यायाधीश मरासिनीलाई हृदयघात भएको  जानकारी दिए। हृदयघातपछि नेसनल अस्पताल लगिएका न्यायाधीश मरासिनीलाई लगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए।

उनको आजै अन्तिम दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। मंगलबार न्यायाधीश मरासिनी समयमै अदालत नआइपुगेपछि उनको इजलास अधिकृतले गोला तानिदिएका थिए। गोला तानिएपछि मरासिनीलाई संयुक्त र एकल गरी दुईवटा इजलास परेको थियो। इजलास नम्बर ४ मा न्यायाधीश चन्द्रमणी ज्ञवाजीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लै थिए। रौतहट जिल्ला अदालतबाट उनी केही दिनअघि मात्रै उच्चमा बढुवा भएर आएका थिए।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...