रानी जमरा सिंचाई आयोजनामा विद्युत उत्पादन सुरु

Published on

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाई आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । २०८० साल माघ १६ गते रातिबाट उत्पादन सुरु भई लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । जानकी गाउँपालिका ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करीब छ किलोमिटर टाढाको लम्की स्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । परीक्षणका क्रममा साढे एक मेगाबाट उत्पादन भएको विद्युत प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । रानीजमराको पूरै उत्पादन भएका तीन वटा टर्वाइनको सहायताले ४.७१ मेगावाट विद्युत निरन्तर उत्पादन हुनेछ ।

२०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पुर्याएपछि निर्माणमा ढिलाई भएको हो । दुई अर्बको लागतमा विद्युत आयोजना बनेको छ । एक अर्ब पाँच करोड रुपियाँ विद्युत गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ यस वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भैरहेको छ । रानी जमरा कुलरिया आयोजना आर्थिक वर्ष २०६६-६७ सालमा सुरु भएको थियो । यसबाट शाखा नहर र नदीहरुमा तटबन्धको निर्माण कार्य जारी छ ।

ताजा समाचार

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...

काभ्रेको श्वेत भैरव मन्दिर

काठमाडौं । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत...