स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

Published on

काठमाडौं । धनगढी उपमहानगरपालिका–६ जालीस्थित वासुदेवी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा २५ वर्षीय लालु चाैधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार स्कुटरको पछाडि बसेका बर्दिया बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने चौधरीको मृत्यु भएको हो ।

गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ जाइका २५ वर्षीय रमेश चौधरीलाई नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...