जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु पाँचजना गम्भीर घाइते

Published on

। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा जिप दुर्घटना हुदाँ घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ । पाँचजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार हेलम्बुको दोरिङ भीरबाट बा २ च ४४५० नम्बरको जिप खस्दा भुटानी नागरिकको मृत्यु भएको हो । उक्त जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए । उक्त जिप दुर्घटनामा परेर मृत्यु हुनेमा ७१ वर्षीया वान मो, ३३ वर्षीय टग्प गेङ रहेको इप्रका हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइते भएका अन्य चारजनालाई हेलम्बु स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उपचार गराइरहेका चार जना मध्ये तीनजना गम्भीर अवस्थामा रहेका छन् । अधिकाँशको टाउको र हातपाउमा गहिरो चोट लागेको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले गम्भीर घाइतेलाई हेलिकप्टरबाट राजधानीमा उपचार गराउन लैजाने तयारी भइरहेको बताउनु भयो । उक्त जिप हेलम्बुको मिलारेपा गुफा जाँदै थियो । गुम्बा जाने कच्ची सडकमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...