सेयर बजार फेरि ओरालोतिर,कारोबार रकम पनि घट्यो

Published on

काठमाडौं । सातामा तीन दिन लगातार उकालो लागेको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि मंगलबारसम्म नेप्से परिसूचक निरन्तर वृद्धि भएको थियो। सेन्सेटिभ इण्डेक्स ०.८० प्रतिशतले घट्यो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ५४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। सामलिङ पावरको सेयर सर्वाधिक ९.८७ प्रतिशतले बढ्यो। यसदिन मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ५.८७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६३ करोड बढि मूल्यको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चरको २६ करोड,नगदी ग्रुपको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रोबाहेक अन्य उपसमूहको सूचक घटेको हो। कारोबारमा आएका कम्पनीमध्ये २१५ वटाको मूल्य घट्दा २९ कम्पनीको मात्रै मूल्य बढ्यो।

ताजा समाचार

जाजरकोट भूकम्पको एक वर्षः अझै भएन पुनः निर्माण

काठमाण्डौँ । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सल्यानका भूकम्प पीडितले पहिलो किस्ताको रकम...

मलद्वारभित्र लागुऔषध लुकाउने व्यक्ति पक्राऊ

काठमाण्डौँ । चाडपर्वको समयमा समेत झापामा लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको पाइएको छ ।...

पाकिस्तानका पत्रकारका लागि सन् २०२४ सबैभन्दा घातक वर्ष

काठमाण्डौँ । फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा...

पर्यटन सम्भावनामा हुम्ला अब्बल : मुख्यमन्त्री कँडेल

काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल हुम्ला पुग्नुभएको छ । प्रदेशको नीति कार्यक्रमअनुसार...