नवलपरासीको नापी कार्यालयका अमिन ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

Published on

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय,नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोनार्थ सेवाग्राहीसँग ४ हजार घुस लिएको पुष्टि हुन आएकाले अमिन ढकालविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। प्रवक्ता घिमिरेका अनुसार गत पुस ११ गते ढकाललाई सेवाग्राहीबाट ४ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो ४ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी गरि आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ।

ताजा समाचार

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...

विस्थापित हुँदै टाङ्गा घोडा सवारी पेशा

काठमाडौँ । एक ठाउँबाट अर्को ठाउँमा अवतजावत गर्न सबभन्दा पुरानो सवारीसाधनको रुपमा रहेका टाङ्गा...