यातायातमा अनलाइन सवारी दर्ता

Published on

काठमाडौं। नेपालगञ्जस्थित यातायात ब्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालयले विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात ब्यवस्था कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो ।

यो प्रर्णालीबाट सवारी दर्ता, नवीकरण र नामसारी सहज भएको छ । लुम्बिनी प्रदेश सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेशका यातायात कार्यालयमार्फत अनलाइन सवारी दर्ता प्रणालीबाट गर्ने निर्णय गरेपछि यातायात व्यवस्था कार्यालय बाँकेले पनि विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेको अधिकृत चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसबाट सवारी दर्ता ब्यवस्थित हुनेछ भने फाइल हराउने समस्या पनि हट्नेछ ।’ यसबाट प्रदेश नम्बर प्रदान गरिन्छ । विद्युतीय माध्यमबाट प्रदेश नम्बर भएका सवारी साधन कार्यालयबाट नवीकरण हुनेछन् ।

माघदेखि सुरु भएको अनलाइन सेवाबाट सेवा लिनेहरु सेवाग्राहीको सङ्ख्या दिन प्रतिदिन बढ्दैगएको कार्यालयले जनाएको छ । यसले सवारी धनीलाई कार्यालयमै पुगेर लाइन बस्नुपर्ने समस्याबाट मुक्त बनाएको छ । बिद्युतीय प्रणालीबाट घरमै बसेर पनि सवारी दर्ता हुन्छ ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...