सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि आवेदन खुला

Published on

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गर्ने चौंथो दीक्षान्त समारोहका लागि आवेदन खुलेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले दीक्षान्त समारोहमा भाग लिन इच्छुक विद्यार्थीका लागि अनलाइन फाराम खुलाएको हो ।

दीक्षान्त समारोहमा सहभागी हुन स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले अनलाइन फाराम भर्न सक्नेछन् । उनीहरूको ट्रान्सक्रिप्ट १ मङ्सिर २०७९ देखि १५ माघ २०८० सम्म जारी भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

दीक्षान्त समारोहमा सहभागी हुन भरिने फाराम १७ माघदेखि २ फागुनसम्म उपलब्ध हुने सूचनामा उल्लेख छ । उक्त अवधिभित्र कुनै पनि समयमा विद्यार्थीले फाराम भर्न सक्नेछन् ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...