भारतले मोबाइल फोनका मुख्य कम्पोनेन्टको आयात शुल्क घटायो

Published on

काठमाडौँ। भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको सङ्घीय सरकारले बताएको छ । अर्थ मन्त्रालयको राजस्व विभागले यससम्बन्धी आधिकारिक सूचना जारी गरेको हो ।

भन्सार महशुल घटाइएका वस्तुहरूमा स्क्रु, सिम सकेट, ब्याट्री कभर, मेन कभर, जीएसएम एन्टेना वा मोबाइल फोनका मेकानिकल वस्तुहरू समावेश छन् । इण्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन आईसीईएले भारत र अन्य प्रमुख मोबाइल फोन उत्पादक देशहरूमा लगाइने आयात शुल्कमा ठूलो भिन्नता रहेको भन्दै सङ्घीय सरकारसमक्ष प्रतिवेदन बुझाएपछि यो निर्णय गरिएको हो ।

आईसीईए प्रतिवेदनमा मोबाइल फोनका कम्पोनेन्टमा उच्च भन्सार महसुलले अन्तिम उत्पादनको मूल्य बढेको उल्लेख गरेको थियो । यो कदमलाई भारतको मोबाइल फोन उत्पादन सुविधाहरू थप प्रतिस्पर्धी बनाउन योग्य बनाउने बताइएको छ । सिन्ह्वा न्यूज एजेन्सी नेपाल

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...