म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

Published on

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई उसैको मैदानमा ४–३ गोलले हरायो । ९० मिनेटसम्मको खेल ३–३ गोलको बराबरीमा रहँदा युनाइठेडले इन्जुरी समयमा कोबी माइनूको निर्णायक गोलका बाजी मारेको हो । युनाइटेडले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । मार्कुस रसफोर्डले खेलको पाँचौँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो ।

रास्मुस होइलुन्डले २२औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । उल्भ्सका पाबिओ सराबियाले ७१औँ मिनेटमा गोल गर्नुभयो । त्यसपछि ७५औँ मिनेटमा स्कट म्याकटोमिनाले गोल गर्दै युनाइटेडलाई ३–१ गोलले अगाडि बढाउनुभयो ।

८५औँ मिनेटमा वल्भ्सका म्याक्स किलम्यानले गोल गर्दै खेललाई ३–२ गोलको अवस्थामा ल्याउनुभयो । त्यसपछि पेड्रो नेटोले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि इन्जुरी समयमा कोबी माइनूले गोल गर्दै युनाइटेडलाई रोमाञ्चक जित दिलाउनुभयो ।

जितसँगै २२ खेलबाट ३५ अङ्क बनाएको युनाइटेड सातौँ स्थानमा उक्लिएको छ । पराजित उल्भस समान खेलबाट २९ अङ्क जोड्दै ११औँ स्थानमा छ । शीर्षस्थानमा रहेको लिभरपुलको ५१ अङ्क तथा दोस्रो र तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी र आर्सनलको समान ४६ अङ्क छ । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...