चीन र दुबई हिँडेका दुई भारतीय नागरिकलाई अध्यागमनले रोक्यो

Published on

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय (त्रिअवि)ले शंकास्पद ढंगले चीन र दुवई जान खोज्ने दुई भारतीय नागरिकलाई रोकेको छ । भारतीय नागरिक सलिम भाइ मेनन र राजीव रन्जनलाई त्रिअवि अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएको हो । मेनन दुबई र रन्जन चीन जाँदै थिए । उनीहरु बिहीबार त्यसतर्फ प्रस्थान गर्दै थिए । उनको यात्रा समेत शंकास्पद देखिएको अध्यागमनका एक अधिकृतले बताए ।

नेपालस्थित भारतीय दूतावासले जारी गरेको नो अब्जेक्सन लेटर नभएपछि अध्यागमनले मेनन र रन्जनलाई प्रस्थान अनुमति नदिइ मेनन् र रन्जनलाई फिर्ता गरेको हो । भारतीय नागरिक पहिलो पटक नेपाल हुँदै अर्को मुलुक जाँदा नेपालस्थित भारतीय दूतावासले नो अब्जेक्सन लेटर दिने गरेको छ । मेनन रन्जन दुबैसँग नो अब्जेक्सन लेटर थिएन । उनीहरु दुबैले नेपाल हुँदै तेस्रो मुलुक जानुपर्ने कारण समेत अध्यागमन अधिकृत समक्ष बताउन नसकेको स्रोतले बताएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...