चीन र दुबई हिँडेका दुई भारतीय नागरिकलाई अध्यागमनले रोक्यो

Published on

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय (त्रिअवि)ले शंकास्पद ढंगले चीन र दुवई जान खोज्ने दुई भारतीय नागरिकलाई रोकेको छ । भारतीय नागरिक सलिम भाइ मेनन र राजीव रन्जनलाई त्रिअवि अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएको हो । मेनन दुबई र रन्जन चीन जाँदै थिए । उनीहरु बिहीबार त्यसतर्फ प्रस्थान गर्दै थिए । उनको यात्रा समेत शंकास्पद देखिएको अध्यागमनका एक अधिकृतले बताए ।

नेपालस्थित भारतीय दूतावासले जारी गरेको नो अब्जेक्सन लेटर नभएपछि अध्यागमनले मेनन र रन्जनलाई प्रस्थान अनुमति नदिइ मेनन् र रन्जनलाई फिर्ता गरेको हो । भारतीय नागरिक पहिलो पटक नेपाल हुँदै अर्को मुलुक जाँदा नेपालस्थित भारतीय दूतावासले नो अब्जेक्सन लेटर दिने गरेको छ । मेनन रन्जन दुबैसँग नो अब्जेक्सन लेटर थिएन । उनीहरु दुबैले नेपाल हुँदै तेस्रो मुलुक जानुपर्ने कारण समेत अध्यागमन अधिकृत समक्ष बताउन नसकेको स्रोतले बताएको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...