अध्यागमन हातपात घटनाका दोषीमाथि कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

Published on

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबिच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ। आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो घटना दुःखद भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानबिन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने बताउनुभयो। उहाँले अध्यागमन विभागमा सो खालको घटना फेरि दोहोरिन नदिन सरकारले त्यहाँको सबै कामकारवाही स्वचालित प्रक्रियाबाट सुरु गर्न लागिएको बताउनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘सिधै भन्न सकिने कुरा के हो भने व्यावसायिक आचरण भएन। मुख्य कुरा त त्यही हो। व्यावसायिक आचरण नहुँदा त्यो घटना हुन पुग्यो। हामी एक्सनको प्रक्रियामा भइसकेपछि त्यो घटना भयाे। अब जे भयो, दुःखद भयो। त्यस्तो घटना दोहोरिन दिनुहुँदैन। त्यसको निम्ति छानबिन गरेर दोषीलाई कारबाही गर्ने पहिलो कुरा भनेर हामीले निष्कर्ष निकालेका छौं। एउटा पक्ष प्रहरीलाई मात्रै कारबाही भयो कि भन्ने कुरा पनि आयो। प्रतिवेदनको निष्कर्ष त्यस्तो छैन। उपप्रधानमन्त्री श्रेष्ठले अध्यागमन विभाग भित्रको बेथिति हटाउनका लागि सरकारले कडा कदम चाल्ने थालेपछि त्यहाँभित्र हातहातको अवस्था आएको पनि छानबिन समितिको प्रतिवेदनको निष्कर्ष रहेकाे समितिलाई जानकारी गराउनुभयो।

ताजा समाचार

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान

काठमाडौं । अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्तिमार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन्...

काठमाडौँ-तराई-मधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

काठमाडौं । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ(तराई(मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित...

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको...

बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको...