भ्रष्टाचारले राष्ट्रको गरिमालाई ध्वस्त पार्दैं जान्छ : प्रदेश प्रमुख शर्मा

Published on

काठमाडौं। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रकृयाको सिलसिलेवार प्रणालीलाई समाप्त पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा, आचरण र गरिमालाई ध्वस्त पार्दैं जाने बताउनुभएको छ। उहाँले भ्रष्टाचारको बहुआयामबारे जिकिर गर्दै आर्थिक र नैतिक दुबै भ्रष्टाचारको विषय भएको स्पष्ट पार्नुभयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार वैदिक युगदेखि नै जोडिएको देखिएको बताउँदै रानी लोमाको अरण्य गमन, अजामिलको आचरण, सीता हरण, इन्द्र र चन्द्रको नैतिक पतन जस्ता थुप्रै विषयमा भ्रष्टाचार र त्यसको नियन्त्रणमा विद्रोह तथा सजाय भएका उदाहरण पेश गर्नुभयो। भ्रष्टाचारले हजारौं वर्षमा विकसित भएका सामाजिक मूल्य मान्यता समाप्त पार्ने बताउँदै देशलाई खोक्रो र बाह्य शक्तिको कठपुतली बताउने उहाँको भनाइ छ। कानुन, नीति र नियमको पालनामा प्रयोग भएको स्वविवेकीय अधिकार दुरुपयोग हुने खतराबाट जोगिनुपर्ने उहाँको भनाइ छ।

राज्यको अर्थतन्त्र निर्माणमा आफ्नो योगदानबारे नागरिक अनभिज्ञता तथा उदासीनता भ्रष्टाचार प्रवर्धनको कारक तत्तव रहेको उहाँले बताउनुभयो। राजस्व अपचलन गर्नेको सम्मान र संरक्षण गर्नेको अपमान हुने परिपाटी रहेसम्म भ्रष्टाचार रहिरहने उल्लेख गर्दैं समुद्रको माछाले कहिले र कति पानी खायो भन्ने प्रश्नको जवाफ जति जटिल र कठिन छ एउटा भ्रष्टाचारीले जागिरे जीवनकालमा राज्यकोषको कति हिनामिना गयो भन्ने विषय त्यति नै जटिल रहेको उहाँको भनाइ छ। कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उजुरी पर्दा मानवीय त्रुटिको विषयमा अख्तियारले ध्यान नदिँदा आम जनता निराश भएको बताउनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...