सेयर बजारमा १० अंकको गिरावट, ४ अर्बको कारोबार

Published on

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.०२ प्रतिशतले घटेर ३७४.७५ विन्दुमा पुगेको छ। यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर सकारात्मक सर्किटलेभलमा कारोबार भएको हो। आज एनआईसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६२ करोड बढि मूल्यको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको १२ करोड,हिमालयन डिस्टिलरीको ९ करोड,एनआईसी एसिया बैंकको ८ करोड र हाथवेको ८ हजार बढि मूल्यको सेयर कारोबार भयो।

तीन उपसमूहबाहेक अन्यको उपसमूहको सूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट, हाइड्रो र म्यु्चुअल फण्डबाहेक अन्य १० उपसमूहको सूचक नकारात्मक देखिएका हुन्। आइतबार कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ८ को मूल्य स्थिर रह्यो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...