वैदेशिक लगानी ल्याउन बाटो खुला

Published on

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीसहित ३ क्षेत्रमा वैदेशिक लगानी ल्याउन बाटो खुला भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संशोधन नेप्सेमा सूचीकृत, रुग्ण कम्पनीमा हुने विदेशी लगानीमा बाटो खुला गरेको हो। यसअनुसार अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले लगानी भिœयाउन चाहेका राष्ट्र बैंकको स्वीकृति लिनु पर्दैन। जसअन्तर्गत भनिएको छ, ‘केन्द्रीय बैंकले तोकेको अवस्थामा सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने छैन। सोका लागि उपविनियम (१) र (२) को प्रक्रिया पु¥याई सम्बन्धित कम्पनी वा उद्योगको खातामा विदेशी लगानी बापतको रकम जम्मा हुनेछ।

राष्ट्र बैंकले जारी गरेको विनियमावलीमा विभिन्न तीन क्षेत्रमा हुने विदेशी लगानीमा स्वीकृति नचाहिने उल्लेख गरेको छ। उक्त व्यवस्थाअनुसार अब कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीहरूको सेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानी, धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानी र औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगका लागि विदेशी लगानी भित्र्याउन पूर्व स्विकृत लिनु पर्दैन। तर यस बाहेकका अन्य क्षेत्रमा भने सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउँन वा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ। सोका लागि विदेशी लगानी हुने उद्योग/कम्पनी वा विदेशी लगानीकर्ताले तोकिएअनुसार उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेस गर्नुपर्नेछ।

सम्पूर्ण कागजातसहित निवेदन प्राप्त भएको मितिले १५ कार्यदिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनेछ। यसप्रकार केन्द्रीय बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग/कम्पनीको खातामा जम्मा गर्नेछ।

उक्त ३ क्षेत्रलाई पूर्व स्विकृति लिन नपरे पनि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व, तोकिएकोख ढाँचामा एकाइमा लिखित जानकारी दिनु पर्नेछ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ बमोजिम तोकिएको अवधिभित्र विदेशी लगानी भित्र्याउन नसकेमा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अवधि थप गरिएको स्वीकृतिसमेत पेस गर्नुपर्ने केन्द्रीय बैंकले बताएको छ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...