एक वर्षमा ७० हजार ९१५ जना नेपाली स्थायी बसोवासका लागि विदेशिए

Published on

काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवास गर्नका लागि विदेश जाने नेपालीको सङ्ख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो । समिति बैठकमा बोल्नुहुँदै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताउनुभयो ।

उहाँले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको जानकारी दिनुभयो । उहाँले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार ५४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार ३४९, स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको बताउनु भयो । महानिर्देशक तामाङले यसरी पछिल्लो एक वर्षमा दुई लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रुपमा विदेश बस्नेगरी गएको दाबी गर्नुभयो । उहाँले दुई लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरुको सङ्ख्या समावेश नभएको बताउनु भयो । उहाँले सन् २०२३ मा आठ लाख आठ हजार ४१५ नेपाली नागरिक श्रमिकको रुपमा विभिन्न देश गएको बताउनु भयो ।

महानिर्देशक तामाङले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा एक लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको जानकारी दिनुभयो । उहाँले भ्रमण तथा धार्मिक प्रयोजनका लागि एक लाख चार हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको बताउनु भयो । उहाँले अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ फगुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको बताउनु भयो ।

उहाँले अध्यागमन विधेयकलाई वर्तमान समय सापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । नेपालमा विद्यमान भिसालाई परिवर्तन र थप गरी सरलीकृत गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो । उहाँले अहिले १० लाख पर्यटक भित्रिए भने पनि अध्यागमन विभागको तथ्याङ्क हेर्दा १० लाख पर्यटक नेपालमा नभित्रिएको दाबी गर्नुभयो । उहाँले अध्ययन भिषा, कामदार भिसाा, रिटायरमेण्ट भिसा, मेडिकल, भिसा, धार्मिक भिसा, खेलकुद भिसा लगायत अन्य प्रकारका भिषाहरु थप्नु पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले १७ बुँदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काईएको बताउनु भयो ।

महानिर्देशक तामाङले सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्काषन गरिएको बताउनु भयो । उहाँले सन् २०१७ मा ५५९,२०१८ मा ६७८,२०१९ मा ६७१,२०२० मा ३३२,२०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निस्काषन गरिएको बताउनु भयो । उहाँले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मुलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताउनु भयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...