क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

Published on

काठमाडौँ । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ३२ रन बनायो । क्यानडाका लागि नवनित धनिवालले ५० रन बनाउनुभयो । यस्तै निखिल दत्तले ४५, कप्तान साद विन जाफरले अविजित ३१, हर्ष ठाकेरले २९, श्रीयास मोभाले २५ र श्रीमान्थ विजयरत्नेले २२ रन बनाउनुभयो ।

बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिनुभयो । धामीले क्यानडाविरुद्ध नेपालका लागि डेब्यु गर्नुभएको हो । कुशल मल्ले दुई तथा ललित राजवंशी र आकाश चन्दले एक एक विकेट झार्नुभयो । नेपाले तीन खेलको सिरिज एक खेल अगावै जितिसकेको छ । पहिलो खेल सात रन र दोस्रो खेल चार विकेटले जितेको नेपाल सिरिजमा २-० ले अगाडि छ । नेपाल आज क्यानडाविरुद्ध तेस्रो जित निकाल्दै सिरिजमा ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छ । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुवुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा पनि अन्तिम खेल जित्दै सिरिजको सुखद अन्य गर्ने दाउमा छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...