कोही तयार हुनुहुन्छ भने आउनुहोस् , मलाई अध्यक्षमा बसिरहन लोभ छैन : प्रचण्ड

Published on

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पार्टी नेतृत्वमा नबस्ने मनस्थितिमा पुगेको बताएका छन्।  मंगलबारदेखि सुरू भएको माओवादी केन्द्रको  २९औं विधान सम्मेलनको उद्घाटपछि शुभकामना दिँदै अध्यक्ष दाहालले पार्टी नेतृत्वमा कोही तयार भए आफूले पद छोडिदिने बताएका हुन्। कोही कमरेड तर्क तथ्यसहित आउनुहुन्छ भने म पद छोड्न तयार छु,’उनले भने,’ भन्नुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्न लोभ छैन।’

अध्यक्ष प्रचण्डले  सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख  गरे। ‘सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको छ। एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आउनुहोस् बसौं,समीक्षा गरौं । नयाँ लहर सिर्जना गरौँ,’उनले भने,’ माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।’

सामाजिक न्याय र सुशान कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै उनले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे। फरक प्रसंगमा प्रधानमन्त्री समेत रहेका प्रचण्डले देशलाई नयाँ क्रान्तितिर लैजान संकल्प गरेको दावी  गरे।  भने, ‘जीवनको उत्तरार्द्धमा फेरि एकपटक देशलाई नयाँ क्रान्तितिर लैजाने मन छ। संकल्प गरेको छु।’
 

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...