समावेशी राज्यको चरित्रलाई सरकारी निकायले अनुसरण गर्नुपर्छ : सञ्चार सचिव सुवेदी

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रचार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले समावेशी राज्यको चरित्रलाई सरकारी निकायले पनि अनुसरण गर्नुपर्ने बताउनुभएको छ । रेडियो नेपालमा बज्जिका भाषाको समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्नुहुँदै अध्यक्ष सुवेदीले उक्त कुरा बताउनुभएको हो । विश्व रेडियो दिवसका अवसर पारेर रेडियो नेपालले आजदेखि बज्जिका भाषामा समाचार तथा कार्यक्रम प्रसारण सुरु गरेको हो ।

चौबिसै घण्टा प्रसारण हुँदै आएको रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ । मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ । पछिल्लो जनगणनाअनुसार नेपालमा बज्जिका भाषा बोल्ने नागरिकको सङ्ख्या करिब ११ लाख ३३ हजार रहेको छ । मधेश प्रदेशमा मैथिली र भोजपुरीपछि धेरै बोलिने भाषाका रूपमा बज्जिका रहेको छ । बज्जिका नेपालमा धेरै बोलिने भाषाको सूचीमा छैटौँ स्थानमा छ ।

यसैगरी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्थानीय भाषाबाट समाचार र कार्यक्रम सम्प्रेषण गर्दा सञ्चारमाध्यमप्रति स्थानीयको अपनत्व बढ्ने बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस) कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यले सबै भाषाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भाषा, विषयवस्तु र जनशक्तिमा समावेशी सञ्चारमाध्यमको नमुनाका रूपमा रेडियो नेपाल रहेको बताउनुभयो । तीन वटा प्रसारण केन्द्रसहित हाल सातवटै प्रदेमा प्रादेशिक प्रसारण कार्यालय र ३२ एफएम रिले स्टेसनबाट रेडियो नेपालले देशभर प्रसारण सेवा विस्तार गरेको छ । रेडियो नेपाल ९३ प्रतिशत जनताको पहुँचमा पुगेको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो । रेडियो नेपालको पहुँच शतप्रतिशत भूभाग र नागरिकमाझ पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको रेडियो नेपालले जनाएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...