विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै विद्यालय

Published on

काठमाडौं। सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई जीवन उपयोगी सीप दिन थालिएको छ । सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा रहेको श्री प्रकाश मावि प्रकाशपुरले विद्यार्थीहरूलाई दुना, टपरी बनाउने सीप दिन थालेको हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयले विद्यार्थीहरूलाई दुना, बोहोता र टपरी बनाउन सिकाएको छ । स्थानीय स्रोत साधनको प्रयोग गरेर विद्यार्थीहरूलाई जीवन उपयोगी सीप अन्तर्गत टपरी बनाउन सिकाएको विद्यालयका प्रधानाध्यापक चूडामणि खनालले बताउनुभयो । चार कक्षादेखि दश कक्षासम्मका विद्यार्थीहरूलाई समूह बनाएर टपरी बनाउन सिकाइएको छ ।

विद्यालयका दुना, टपरी र बोहोता गाँस्ने सीप भएका शिक्षक र शिक्षिकाहरूले विद्यार्थीहरूलाई समूह बनाएर विद्यालय प्राङ्गणमै दुना, बोहोता र टपरी बनाउन सिकाएको हो । जानेको सीप विद्यार्थीहरूलाई प्रयोगात्मक रूपमै सिकाउन पाउँदा शिक्षक र शिक्षिकहरु पनि खुसी देखिन्थे । विद्यार्थीहरूले शिक्षकले सिकाए अनुसार साल र भोर्लाको पातबाट बनाइने दुना, टपरी र बोगती बनाउन सिकाइएको शिक्षक सूर्य माझीले बताउनुभयो । विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक ज्ञान प्रदान गर्ने हेतुले विद्यार्थीहरूलाई साप्ताहिक रूपमा जीवन उपयोगी सीपहरू दिन थालिएको विद्यालयले जनाएको छ ।

वातावरणमैत्री सालको पात धार्मिक कार्यहरूमा पवित्र मानिन्छ । पातबाट बनेका दुना, टपरी र बोगतोहरु चोखो हुने हुँदा हरेक कार्जेहरुमा प्रयोगमा आउने गरेको छ । पछिल्लो समय पातका टपरीको माग बढेपनि बनाउने सीप पुस्तान्तरण नहुँदा टपरी बनाउने सीप नै गाउँघर बाट हराउँदै गएको छ।

बालबालिकाहरूको क्षमता अभिवृद्धिको लागि पनि विद्यालयहरूमा जीवनोपयोगी सीपको आवश्यक रहेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुलभ पौडेलले बताउनुभयो । मानिसलाई जीवनोपयोगी सीपले जीवन पर्यन्त सफल जीवन बिताउन सहयोग पुराउने भएकाले विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई सीपहरू सिकाउन आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका वडा नम्बर १० का वडाध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार जीवन उपयोगी सीपले जीवनमा आइपर्ने समस्या र चुनौतीलाई सामान गर्न विद्यार्थीहरूमा सिप आवश्यक छ । सीपले विद्यार्थीहरूलाई जिम्मेवारी बनाउनुका साथै बौद्धिक क्षमतामा समेत सहयोग पुर्‍याउने बताइएको छ ।

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...