सेयर बजार ३० अंकले घट्यो, सबै उपसमूहका सूचक नकारात्मक

Published on

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। सोमबार १३ अंकले बढेको नेप्से परिसूचक आज ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा कायम भएको हो।सेन्सेटिभ इण्डेक्स १.५९ प्रतिशतले घटेर ३६९.९९ विन्दुमा पुगेको छ। नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ।

यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३०४ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ३ अर्ब ५० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार ४ अर्ब बढि रुपैयाँको कारोबार भएको थियो। दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल (बालाजु) ,समाज लघुवित्त वित्तीय संस्था र सुपर माइ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

यसदिन गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य ९.७० प्रतिशतले घट्यो। सबै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,फाइनान्स, इन्भेस्टमेन्ट उपसमूहको सूचक २ प्रतिशत बढिले बढे। कारोबारमा आएका कम्पनीमध्ये ४० वटाको मूल्य बढ्दा २०३ को मूल्य घट्यो भने ५ वटाको मूल्य भने स्थिर रह्यो।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...