२०८१ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक

Published on

काठमाडौं । सरकारले २०८१ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। २०८१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइएको सार्वजनिक बिदाको विवरण राजपत्रमा प्रकाशित भएपछि गृहमन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको हो। गृहमन्त्रालयले वर्षभरि ५३ वटा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो। जसमा २७ दिन पर्व बिदा,६ वटा दिवस र २ वटा जन्मजयन्ती बिदा रहेका छन्।

जसअनुसार २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा नयाँ वर्ष,रामनवमी,उभौली पर्व,रक्षाबन्धन,श्रीकृष्ण जन्माष्टमी,दशैं,तिहार,छठ,क्रिममस डे,धान्य पूर्णिमा,तमु ल्होसार, माघी पर्व,सोनम ल्होसार,महाशिवरात्री,ग्याल्मो ल्होसार र इदमा मुलुकभरी सार्वजनिक बिदा हुने उल्लेख छ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...