मुस्ताङको लोघेकरका ६ विद्यालयमा ४६ विद्यार्थी, १५ कर्मचारी

Published on

काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका ८ वटा सामुदायिक विद्यालयमध्ये ६ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ज्यादै न्यून छ। भौगोलिक रुपले विकट स्थानमा रहेको सो पालिकाका ६ वटा सामुदायिक विद्यालयमा शिक्षक, बालविकास सहजकर्ता र कार्यालय सहयोगी गरी १५ जना जनशक्ति कार्यरत छन्।

पालिकाअन्तर्गत कुनै विद्यालयमा बढीमा १३ जना विद्यार्थी छन् भने कुनै विद्यालयमा जम्मा २ जना मात्र विद्यार्थी रहेको पाइएको छ। भौगोलिक विकटताका कारण विद्यालय मर्ज गरी पठनपाठन सञ्चालन गर्न नसक्ने अवस्था रहँदा ती विद्यालयको शैक्षिक गुणस्तर उकास्न समेत समस्या पर्ने गरेको छ। ६ वटा सामुदायिक विद्यालयमा प्रत्येकमा (एक-एक) जना गरी ६ शिक्षक, ३ जना बालविकास सहजकर्ता र ६ जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाकी शिक्षा शाखाकी प्राविधिक सहायक सुकदेवी गर्बुजाले जानकारी दिइन्।

उनका अनुसार पालिकाअन्तर्गत चराङ आधारभूतमा बालविकास तहमा ५ जना र विद्यालय तहमा ४ जना, मराङ आधारभूतमा बालविकास तहमा ५ जना र विद्यालय तहमा ७ जना, ढाक्मर आधारभूतमा बालविकास तहमा ४ जना र विद्यालय तहमा ९ जना र शालिग्राम आधारभूतमा बालविकास तहमा ३ जना र विद्यालय तहमा १ जना विद्यार्थी छन्। यसैगरी यारा आधारभूत विद्यालयमा ५ जना र घारा आधारभूत विद्यालयमा ३ जना विद्यार्थी छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...