मुस्ताङको लोघेकरका ६ विद्यालयमा ४६ विद्यार्थी, १५ कर्मचारी

Published on

काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका ८ वटा सामुदायिक विद्यालयमध्ये ६ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ज्यादै न्यून छ। भौगोलिक रुपले विकट स्थानमा रहेको सो पालिकाका ६ वटा सामुदायिक विद्यालयमा शिक्षक, बालविकास सहजकर्ता र कार्यालय सहयोगी गरी १५ जना जनशक्ति कार्यरत छन्।

पालिकाअन्तर्गत कुनै विद्यालयमा बढीमा १३ जना विद्यार्थी छन् भने कुनै विद्यालयमा जम्मा २ जना मात्र विद्यार्थी रहेको पाइएको छ। भौगोलिक विकटताका कारण विद्यालय मर्ज गरी पठनपाठन सञ्चालन गर्न नसक्ने अवस्था रहँदा ती विद्यालयको शैक्षिक गुणस्तर उकास्न समेत समस्या पर्ने गरेको छ। ६ वटा सामुदायिक विद्यालयमा प्रत्येकमा (एक-एक) जना गरी ६ शिक्षक, ३ जना बालविकास सहजकर्ता र ६ जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाकी शिक्षा शाखाकी प्राविधिक सहायक सुकदेवी गर्बुजाले जानकारी दिइन्।

उनका अनुसार पालिकाअन्तर्गत चराङ आधारभूतमा बालविकास तहमा ५ जना र विद्यालय तहमा ४ जना, मराङ आधारभूतमा बालविकास तहमा ५ जना र विद्यालय तहमा ७ जना, ढाक्मर आधारभूतमा बालविकास तहमा ४ जना र विद्यालय तहमा ९ जना र शालिग्राम आधारभूतमा बालविकास तहमा ३ जना र विद्यालय तहमा १ जना विद्यार्थी छन्। यसैगरी यारा आधारभूत विद्यालयमा ५ जना र घारा आधारभूत विद्यालयमा ३ जना विद्यार्थी छन्।

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...