१४ अंकले घटेर सेयर बजार बन्द,कति भयो कारोबार ?

Published on

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा कायम भएको हो। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.९१ प्रतिशतले बढेको थियो। नेप्से घटेसँगै बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ। यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब २५ करोड मूल्यको सेयर कारोबार भएको थियो। आज दुईवटा कम्पनीको मात्रै सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बोटलर्स नेपाल र समाज लघुवित्तीय वित्तको सेयर १० प्रतिशतले बढेको हो।

२२ करोड बढि मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सगरमाथा जलविद्युतको ११ करोड बराबर मूल्यको सेयर कारोबार हुँदा जोशी हाइड्रोपावरको १० करोड,एनआईसी एसिया बैंक र हिमालयन ऊर्जा विकासको ८ करोड मूल्य बढिको सेयर कारोबार भयो। १३ वटा उपसमूहमध्ये १२ वटाको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रोबाहेक १२ वटा उपसमूहको सूचक घटेको हो। कारोबारमा आएका कम्पनीमध्ये ७९ को मूल्य बढ्दा १६३ को मूल्य घट्यो।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...