अन्तर्राष्ट्रिय म्याराथनमा मुख्यमन्त्री, प्रजिअ र प्रहरी उपरीक्षक दौडिने

Published on

काठमाडौं । पोखरामा शनिबार हुने १८औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एक हजार आठ सय ७८ धावक दौडिने पक्का पाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा लगायत १० किमी दौडमा प्रतियोगीका रूपमा सहभागी हुनुहुने भएको छ । रन फर फनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्य लगायत दौडिनु हुनेछ । म्याराथनको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

म्याराथन ४२.१९५ किमीमा एक सय ९८ जना, २१ किमी हाफ म्याराथनमा १७ जना, ५ किमी ब्याइजमा नौ सय ९० जना र सोही दूरीको महिलामा चार सय ८६ जना सहभागी हुने तय छ । यस्तै, १० किमी पुरुषमा एक सय २९ जना, साही दूरीको महिलामा २९ जना, पाँच किमी भेट्रान पुरुषमा १९ जना सोही इभेन्टमा महिलातर्फ १० जना सहभागी हुँदै छन् । विभिन्न इभेन्टमा १४ देशका धावक सहभागी हुने मञ्चले जनाएको छ ।

यस्तै, रमाइलोका लागि आयोजना हुने ‘रन फर फन’ मा करिब १० हजार सहभागी हुने अपेक्षा छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन खेल पर्यटनको विकास र खेलाडी उत्पादन दुवै दृष्टिले लाभदायी भएको उल्लेख गर्नुभयो । उहाँले अपाङ्ग र ह्विलचियर दौड भइसकेको जनाउँदै यसपालि सबै धावकमा चिप्स प्रयोग हुने जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न इमेन्टमा गरी ४१ जनालाई १८ लाख १६ हजार रुपियाँ पुरस्कारमा खर्च हुने उहाँको भनाइ छ ।

मञ्चका पूर्वअध्यक्ष तेजबहादुर गुरुङले वर्ल्ड एथलेटिक्स र एम्सबाट मान्यता पाएको पोखरा म्याराथनसँग तीन तहकै सरकारले सहकार्य गर्न थालेको जनाउँदै यसलाई एउटा पर्वका रूपमा मनाउनुपर्ने विचार राख्नुभयो । पोखरा रङ्गशालाबाट सुरु हुने अधिकांश इभेन्टका दौड पोखराका विभिन्न क्षेत्र हुँदै हल्लनचोकमा आएर सकिने रुट तय भएको छ । सोही कार्यक्रममा ‘दौडौँ दौडौँ दौडौँ’ बोलको पोखरा म्याराथनको गीतसमेत सार्वजनिक गरियो । आरजु विष्ट ‘सल्यानी’का शब्द रहेको यो गीतमा स्वर विनोद बानियाँले दिनुभएको छ ।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...