इराकविरुद्धको जितमा सावित्राको पाँच गोल

Published on

काठमाडौ । वाफ महिला च्याम्पियनसिपमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरेपछि नेपालले बिहीबार इराकलाई ५–० को फराकिलो अन्तरले हराएको छ । यस जितसँगै नेपालको दुई खेलबाट दुई जित हासिल भएको छ । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार प्यलोस्टाइनविरुद्ध खेल्ने छ । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । पश्चिम एसियाका गल्फ राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा नेपालले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाएको हो ।

साउदी अरबको रियादस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा भएको खेलको पूर्वार्धमा चार गोल गर्नुभएकी सावित्राले मध्यान्तरपछि एक गोल थप्नुभयो । यससँगै सावित्राको ४४ अन्तर्राष्ट्रिय खेलमा ४९ गोल भएको छ । खेलको १३ औँ मिनेटमा रेखा पौडलको सहयोगमा सावित्राले इराकी गोलकिपरसँगको ‘वन भर्सेज वन’ को स्थितिमा गोल गरी नेपाललाई अग्रता दिलाउनुभएको हो । सावित्राले दुई मिनेटपछि नै इराकी डिफेन्डरबाट बल खोसेर उत्कृष्ट फिनिसिङमार्फत दोस्रो गोल गर्नुभयो । खेलको ३६ औँ मिनेटमा सावित्राले आफ्नो ह्याट्रिक पूरा गर्नुभयो । पूजा रानाको क्रसमा सावित्राले हेडमार्फत तेस्रो गोल गर्नुभएको हो ।

पूर्वार्ध सकिन २ मिनेट बाँकी छँदा सावित्राले रिबाउन्डमा चौथो गोल गरेर इराकको पहुँचबाट खेल निकै टाढा पु¥याउनुभयो । सावित्राले निर्धारित समय सकिन ११ मिनेट बाँकी छँदा अन्तिम गोल गर्नुभएको हो । प्रीति राईको ‘थु्र’ पासमा सावित्राले इराकी गोलकिपरलाई समेत छलाएर पाँचौँ गोल गर्नुभएको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...