कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते

Published on

काठमाडौं । कैलालीमा गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीएस ०८ जिबी ६५३७ नम्बरको भारतीय कारको ठक्करबाट लम्कीचुहा नगरपालिका –१ का ६० वर्षीय कुलचन्द्र जोशीको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उहाँको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । लम्कीचुहा नगरपालिका –१० का ४२ वर्षीय भुवन जोशीले चलाएको सो कारले लम्कीचुहास्थित मोतीपुर चौकमा ठक्कर दिएको थियो । पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदैगर्दा सो कारले जोशीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । साइकलयात्रीलाई ठक्कर दिनुभन्दा अगाडि नै सोही कारले लम्कीचुहा नगरपालिका –६ मा दुई जनालाई ठक्कर दिएर भागेको थियो । ठक्करबाट ५५ वर्षीय मनिराम चौधरी र ५० वर्षीय ठग्गु चौधरी पनि घाइते हुनुभएको थियो । घाइतेमध्ये मनिरामको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते दुवै जनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते मनिरामलाई आइसीयुमा राखेर उपचार भइरहेको प्रहरीको भनाइ छ ।

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...