कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते

Published on

काठमाडौं । कैलालीमा गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीएस ०८ जिबी ६५३७ नम्बरको भारतीय कारको ठक्करबाट लम्कीचुहा नगरपालिका –१ का ६० वर्षीय कुलचन्द्र जोशीको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उहाँको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । लम्कीचुहा नगरपालिका –१० का ४२ वर्षीय भुवन जोशीले चलाएको सो कारले लम्कीचुहास्थित मोतीपुर चौकमा ठक्कर दिएको थियो । पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदैगर्दा सो कारले जोशीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । साइकलयात्रीलाई ठक्कर दिनुभन्दा अगाडि नै सोही कारले लम्कीचुहा नगरपालिका –६ मा दुई जनालाई ठक्कर दिएर भागेको थियो । ठक्करबाट ५५ वर्षीय मनिराम चौधरी र ५० वर्षीय ठग्गु चौधरी पनि घाइते हुनुभएको थियो । घाइतेमध्ये मनिरामको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते दुवै जनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते मनिरामलाई आइसीयुमा राखेर उपचार भइरहेको प्रहरीको भनाइ छ ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...