सेना दिवसका अवसरमा सैनिक प्रर्दशनी हुने

Published on


महेन्द्रनगर । महाशिवरात्री एवं २६१ औं सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रर्दशनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्दैछ ।
आगामी फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रर्दशनीमा सर्वसाधारणहरुलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ ।
सो क्रममा इतिहासदेखि हालसम्मका सेना सम्वन्धी गतिविधी तथा हातहतियार, उपकरण, पोशाक लगायत विविध विषयबस्तु प्रर्दशनमी रहने सेनाले जनाएको छ ।
निःशुल्क प्रवेश सुविधा मिलाइएको प्रर्दशनीमा सर्वसाधारण, विद्यार्थी लगायत सबैले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
युनिटी रनमा सहभागी हुनेहरुले यहाँ रहेको सैनिक गण तथा गुल्महरुमा नाम दर्ता गर्ने प्रवन्ध मिलाइएको छ । कञ्चनपुरबाट सहभागी हुने खेलाडी तथा सर्वसाधारणहरुको नाम दर्ता श्रीदल गुल्म भगतपुर ब्यारेकमा गर्न सकिने सेनाले जनाएको छ ।
गत बर्ष पनि सेना दिवसका अवसरमा सुदूरपश्चिममा सैनिक प्रर्दशनीका साथै खेलकुद लगायतका कार्यक्रम आयोजना गरेको थियो ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...