इजरायलद्वारा युद्धविराम वार्तामा आगामी कदमबारे छलफल

Published on

काठमाडौं । इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ ।

बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल शनिबार राति देशको युद्ध क्याबिनेटलाई छलफलका क्रममा उठेका सवाल जवाफबारे जानकारी गराउन फर्किएको सरकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले बैठकअघि टेलिभिजनमा दिएको अन्तर्वार्तामा ‘प्रतिनिधिमण्डल पेरिसबाट फर्केको र सम्भवतः सहमतितर्फ अघि बढ्ने ठाउँ रहेको’ बताउनुभएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बैठकमा ‘वार्तामा आगामी कदम’ बारे छलफल हुने बताउनुभएको छ । वार्तालाई निरन्तरता दिन आगामी दिनमा कतारमा प्रतिनिधिमण्डल पठाउने सहमति भएपछि बैठक सम्पन्न भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोभेम्बरमा भएको एक साता लामो युद्धविराममा १०० भन्दा बढी बन्धकलाई मुक्त गरिएजस्तै कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले पनि सम्झौताका लागि प्रयासको नेतृत्व गरिरहेका छन् । बन्दीहरूलाई घर फर्काउन सरकारमाथि घरेलु दबाब पनि निरन्तर बढिरहेको छ, शनिबार राति तेल अभिभमा हजारौंको सङ्ख्यामा भेला भएका बन्धक तथा अन्य बन्दीका आफन्तले छिटो निष्कर्षमा पुग्न माग गरेका छन् । “हामी हाम्रा प्यारा आफन्तजनहरूलाई जस्तोसुकै अवस्थामा होस् छिट्टै हामीकहाँ फिर्ता ल्याउन तपाईंहरूसँग भनिरहेका छौँ,” ४५ वर्षीय अविवित याब्लोन्काले भन्नुभयो । याब्लोन्काकी बहिनी हनानलाई अक्टोबर ७ मा अपहरण गरिएको थियो । तेल अभिवमा पनि सरकार विरोधी प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए र नेतन्याहुको सरकारलाई राजीनामा दिन माग गरेका थिए । अधिकारीहरूले उनीहरूलाई तितरबितर पार्न पानीको फोहोरा र ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुपरेको थियो । “उनीहरू ९सरकारी अधिकारी०ले हाम्रो लागि सही बाटो रोजेका छैनन् । चाहे त्यो अर्थव्यवस्था होस्, चाहे हाम्रा छिमेकीहरूसँगको शान्ति होस्,” ५४ वर्षीय सफ्टवेयर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोती कुश्नरले सरकारका बारेमा आलोचना गर्दै भन्नुभयो । उहाँले थप्नुभयो, “यस्तो देखिन्छ कि उनीहरू कहिल्यै पनि युद्ध अन्त्य गर्न चाहँदैनन् ।”

बढ्दो हतास
घेराबन्दीमा परेको गाजापट्टीमा चार महिनाभन्दा बढी समयदेखि खाद्यान्न अभाव भएपछि विश्व खाद्य कार्यक्रमले यसै साता आफ्नो टोलीले ‘अकल्पनीय स्तरको निराशा’ देखाएको बताएको छ भने संयुक्त राष्ट्रसङ्घले २२ लाख मानिस अनिकालको सङ्घारमा पुगेको चेतावनी दिएको छ । उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा बालबालिकाले प्लास्टिकका भाँडाकुँडाहरू र खाना पकाउने भाँडाहरू समातेर राखेका दयनीय तस्वीरहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भाइरल बनेका छन् । बम विस्फोटका कारण सहायता एजेन्सीहरू त्यस क्षेत्रमा प्रवेश गर्न असमर्थ भएका कारण आपूर्ति सेवाहरू अवरूद्धजस्तै भइरहेका छन् । भोक तिर्खा मेट्नकै लागि चोरी र डकैतीका घटनाहरू बढेका छन् । सीमित मात्रामा सहायता लिई गाजा क्षेत्रमा प्रवेश गरेका ट्रक र कन्टेनरहरूले भोकभोकै परेका गाजावासीको उन्मादी लुटपाटको सामना गरिरहेका छन् । रासस\एएफपी

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...