ताप्लेजुङमा दादुरा–रुबेला खोप अभियान फागुन १८ देखि

Published on

काठमाडौं । आइतबारदेखि देशव्यापी रूपमा सुरु भएको दादुरा–रुबेला राष्ट्रिय खोप अभियान ताप्लेजुङमा आउँदो शुक्रबारदेखि सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार फागुन १८ गते शुक्रबारदेखि जिल्लामा दुई चरणमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको हो ।

स्वास्थ्य कार्यालयले आइतबार सदरमुकाम फुङ्लिङमा जिल्लास्तरीय दादुरा–रुबेला खोप अभियान तयारी तथा नियमित खोप सुदृढीकरणबारे अभिमुखीकरण आयोजना गरी खोप कार्यक्रमबारे जानकारी गराएको हो । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख युगराज घिमिरेले नौवटा स्थानीय तह रहेको जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा फागुन १८ देखि २२ गतेसम्म सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकामा अभियान सञ्चालन गरिनेछ । त्यस्तै दोस्रो चरणमा फागुन २४ देखि २८ गतेसम्म आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाका दादुरा–रुबेला खोप अभियान सञ्चालन हुनेछ ।

प्रत्येक वडामा पाँचवटा खोप केन्द्र सञ्चालन गरी सम्बन्धित वडा तथा टोलका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने पनि स्वास्थ्य कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप दिइनेछ । जिल्लाभरका १० हजार बालबालिकालाई खोप दिने लक्ष्य रहे पनि स्वास्थ्य कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार खोप लगाउनुपर्ने लक्षित बालबालिकाको सङ्ख्या आठ हजार १८७ जना रहेको पनि घिमिरेले बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार दादुरा–रुबेला खोप लगाउनुपर्ने सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाका एक हजार ६३१ जना लक्षित बालबालिका छन् । यस्तै सिरिजङ्घा गाउँपालिकामा एक हजार ५० जना, आठराई त्रिवेणी गाउँपालिकामा ८६०, मिक्वाखोला गाउँपालिकामा ८५३, फक्ताङ्लुङ गाउँपालिकामा ८१३ जना बालबालिका छन् । मैवाखोला गाउँपालिकामा ७८६ जना, मेरिङ्देन गाउँपालिकामा ७७७, सिदिङ्वा गाउँपालिकामा ७४२ र पाथीभरा याङ्वरक गाउँपालिकामा ६७५ जना लक्षित बालबालिका छन् । स्वास्थ्य कार्यालयका अनुसार लक्षित बालबालिकालाई दादुरा–रुबेला खोपसँगै यसअघि छुटेका बालबालिकालाई नियमित खोपअन्तर्गत डीपीटी–हेप, बी–हिव, पीसीभी र आइपीभी खोप पनि लगाइनेछ ।

यता अभिमुखीकरणमा सहभागी फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले कोही पनि बालबालिकालाई खोप लगाउन नछुटाउन र अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयलाई सुझाव दिनुभयो । उहाँले अभियानका लागि स्थानीय तहको तर्फबाट गर्नुपर्ने सहयोगमा कमी नहुने पनि बताउनुभयो । यस्तै कार्यवाहक जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारी सम्हाली रहनुभएको उपप्रमुख कृष्णप्रसाद लिङ्खिमले पनि दादुरा–रुबेला खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उपप्रमुख लिङ्खिमले लक्षित बालबालिका भएका परिवारलाई खोप अभियानमा अनिवार्य सहभागी हुन आह्वान पनि गर्नुभयो । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले अभियानका क्रममा आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि आवश्यक प्रबन्ध मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...