दुध उत्पादक किसान भुक्तानी माग्दै आन्दोलित

Published on

काठमाडौं । ६ महिना यता दुध भुक्तानी नपाएपछि कृषकले आन्दोलन सुरु गरेका छन् । भुक्तानीको माग गर्दै दुध उत्पादक किसानले सोमबार जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् ।

दुग्ध उत्पादन जिल्ला सहकारी संघ लि। धनकुटाको भेला भएका सयभन्दा वढी किसानले विहान १० देखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका हुन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै दुग्ध किसानको सरकारी स्वामित्वमा रहेका डीडीसीलगायतका अन्य डेरी उद्योगीले विगत ६ महिना अघिदेखि ६ अर्व बढीको भुक्तानी वक्यौता रहेको केन्द्रीय दुग्घ सहकारी संघ लि। नेपालका अध्यक्ष अम्बरवहादुर कुँवरको भनाइ छ ।

संघले आगामी फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारीको संघहरुको नेतृत्वमा विहान १० देखि १२ बजेसम्म दुई घण्टा राजमार्ग तथा सम्भावित सडक मार्गहरुमा शान्तिपूर्ण चक्काजाम र २१ गते देशभरका किसानलाई माइतीघर मण्डलामा भेला गराएर धर्ना तथा विरोधको कार्यक्रम तय गरेको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...