आचार्यको निधनसँगै नेपाली गीत/संगीतमा एउटा अध्याय समाप्त भयोः महामन्त्री थापा

Published on

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत\संगीतमा एउटा अध्याय समाप्त भएको बताउनुभएको छ । आचार्यको पार्थिव शरीर मङ्गलबार श्रद्धाञ्जली अर्पर्ण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम लिने आचार्यको निधनसँगै देशलाई ठुलो क्षति पुगेको बताउनु भयो । उहाँले आचार्यको भौतिक शरीर नरहे पनि उहाँको सिर्जना कालजयी रहने बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम आउने उहाँकै थियो । नेपाली संगीतालाई मैले केरै कुरा दिएँ भन्नेमा धेरै नै सन्तोष थियो होला । नेपाली संगीतलाई अझै निरन्तर दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुनुहुन्छ भन्ने सोच्नुभएको थियो ।’’

स्व। आचार्य सुर सम्राटका रुपमा सांगीतिक क्षेत्रमा रही रहनुहुनेछ स् महामन्त्री शर्मा
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व। भक्तराज आचार्य सुर सम्राटका रुपमा परिचित रहनुभएको बताउनुभएको छ । उहाँले स्वर सम्राट नारायणगोपाल भएझैँ सुर सम्राटको रुपमा स्व। आचार्य रहनुभएको बताउनु भयो । उहाँले स्व। आचार्यले नेपाली गीतरसंगीतमा दिनुभएको योगदान, भाव, प्रभाव सदैव जीवित रहने जानकारी दिनुभयो । उहाँले भौतिक रुपमा नेपालीबाट टाढा भएपनि भावनात्मक र सांगीतिक क्षेत्रमा सधैँ नेपाली माझ नै रही रहने बताउनु भयो । महामन्त्री शर्माले आचार्य सांगीतिक क्षेत्रमा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरुको बीचमा, नेपालीहरुको बिचमा सधैँ अमर रही रहने बताउनु भयो ।

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...