विद्यार्थीको दन्त परीक्षण तथा उपचार

Published on

काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा विद्यार्थीहरूको दन्त (दाँत) परीक्षण तथा उपचार गरिएको छ । मेरिङ्देन गाउँपालिकाले आइतबार वडा ६ नाल्बुमा रहेका विद्यार्थीको दन्त परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो ।

गाउँपालिकाको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको दन्त परीक्षण साथै उपचार गरिएको हो । वडा ६ नाल्बुमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको दन्त परीक्षण तथा उपचार गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार वडाभरिका विद्यार्थीलाई नाल्बु स्वास्थ्य चौकीमा केन्द्रित गरी दन्त परीक्षण तथा उपचार सेवा प्रवाह गरिएको हो । गाउँपालिका तथा नाल्बु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले विद्यार्थीको दन्त परीक्षण साथै उपचार सेवा प्रदान गरेका छन् । आइतबार दाँतसम्बन्धी समस्या भएका १४४ जना विद्यार्थीलाई सेवा प्रदान गरिएको मेरिङ्देन गाउँपालिका उप–स्वास्थ्य शाखाले जनाएको छ ।

उप–शाखाका अनुसार ६० जना लाभग्राही (विद्यार्थी) को दाँत निकालिएको छ । यस्तै ३६ जनाको दाँत भरिएको छ भने दाँतसम्बन्धी समस्या भएका १८ जनालाई सुविधा सम्पन्न ठाउँका लागि सिफारिस गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहले जानकारी दिनुभयो । यता विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने पनि गाउँपालिकाले जनाएको छ । साबिक नाल्बुसहित, थिङ्लाबु, सान्थाक्रा, खाम्लुङ, लिङ्तेप र थुकिमासमेत छ गाविस समेटिएको मेरिङ्देन गाउँपालिकामा हाल छ वटै वडा रहेका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...