‘प्रचण्ड’ आग्राको पेठा जस्तै मिठो हुनुहुन्छ : प्रमुख सचेतक लेखक

Published on

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रति गहृजिल्ला पुगेर व्यङ्गग्य गर्दै मिठो नेताको उपमा दिएका छन् । सोमबार नेपाली कांग्रेससितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएका प्रचण्डप्रति व्यङ्गग्य गर्दै लेखकले उनलाई आग्राको पेठाको संज्ञा दिएका हुन् ।
“ मिठो नेता हुनुहन्छ, आग्राकाको पेठा जस्तो जो खाए ओभी पस्ताए, जो ना खाए ओ भी पस्ताए ।” कञ्चनपुर उद्योग बाणिज्य संघद्धारा आयोजित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन समारोहमा बोल्दै नेता लेखकले भने–“ जो ले गठबन्धन गर्यो उनी पनि पस्ताउँछ, जो ले अर्को बनायो उ पनि पस्ताउँछ । जो गठबन्धन बाहिर पर्छ त्यो पनि पस्ताउछ । त्यसकारण उहाँको मिठास रहीरहोस ।”


उहाँले गठबन्धन सफलताको शुभकामना दिदै गत बर्ष कञ्चनपुर महोत्सवका क्रममा उहाँले बोल्नु भएको यहाँको विकास निर्माणका काम अगाढी बढाउनेमा विश्वास व्यक्त समेत गरे ।
“प्रचण्ड जीले यहाँका विकासका आयोजना अघि बढाउन हुन्छ भन्नेमा आशावादी छु ।”लेखकले भने–“ त्यसमा हामी सबैको सहयोग पनि रहन्छ ।”


प्रधानमन्त्री प्रचण्डले अप्रत्यासित र अविश्वनीय ढुंगले पुरानो गठबन्धन भत्काएर नयाँ बनाउन अघि बढेको बताए । नेता लेखकले ६ महिनाभित्र दोधारा चादँनीमा प्रस्तावित सुख्खाबन्दरगाहको काम अघि बढ्ने आशा लिएको बताए । सुख्खा बन्दरगाह बनाउने विषयमा भारतसित सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनिसकेको उनको भनाई थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...