प्रभावकारी बन्यो पालिकाको जेसिबी

Published on

काठमाडौं । आर्थिक वर्ष २०७९\८० मा साँगुरीगढी गाउँपालिकाले पालिकाभित्र बर्खाका कारण बन्द तथा भत्किएका सडक सरसफाइ गर्न करिब ५० लाख रुपियाँ खर्च गयो । ५० लाख रुपियाँ खर्च गर्दा सामान्य भत्किएका सडक त सञ्चालन भए तर अलि बढी क्षति भएका सडक सञ्चालन हुन सकेनन् । सबै सडक सञ्चालन गर्न झन्डै अर्को बर्खासम्म नै पर्खनु प(यो तर यो वर्ष पालिकाले अघिल्लो वर्षकै हाराहारीका सडक सफा गर्न करिब पाँच लाख रुपियाँ डिजेल खर्च र छोटो समयमै सफल भयो । यो वर्ष छिटो र कम लागतमै सडक सफा गर्नुका कारण हो पालिका आफैँले जेसिबी खरिद गर्नु ।

यस वर्ष साँगुरीगढी गाउँपालिकाले जेसिबी खरिद गरी आफ्नो क्षेत्रको सडक बाह्रैमास सञ्चालन गर्ने उद्देश्यसहित सरसफाइ अभियान सुरु गरेको छ । सम्झौता गर्नु नपर्ने, उपभोक्ता समिति निर्माण गर्नु नपर्ने भएपछि यस वर्ष काम पनि छिटो मात्रै भएन, खर्चसमेत धेरै जोगियो । बर्खायाममा सडक पहिरो तथा हिउँदका बेला सुक्खा पहिरोले सडक अवरुद्ध हुने समस्या देखिएपछि जेसिबी खरिद गरेर सरसफाइ अभियान नै सञ्चालन गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउनुहुन्छ । आफूहरूले जेसिबी खरिद गरी अभियान सुरु गरेपछि गाउँ गाउँका अधिकांश सडक हिउँदमै सञ्चालन गर्न सफल भएको उहाँ बताउनुहुन्छ । “हामीले अघिल्लो वर्ष बर्खामा बिग्रिएका सडक सुधारमा करिब ५० लाख रुपियाँ छुट्याएर काम सुरु गर्न भन्यौँ तर सबै सडक सञ्चालन हुन सकेनन् । यस वर्ष थारै लागतमा प्रायः सबै सडक सञ्चालनमा ल्याइसकेका छौँ,” अध्यक्ष राई भन्नुहुन्छ ।

गाउँ गाउँमा सडक पुगे पनि बर्सेनि बर्खाले सडक बिगारिदिँदा सडक प्रयोग हुने अवस्थामा हँदैनन् । त्यो सडक पुनः सफा गरेर सञ्चालन गर्न वर्षौं मात्र लाग्दैन, खर्च पनि लाखाँ लाग्छ तर धनकुटाका अधिकांश स्थानीय तह आफँैले डोजर खरिद गरेपछि यो समस्या केही हदसम्म समाधान भएको छ । साँगुरीगढी गाउँपालिकाको जस्तै धनकुटाको महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकासँग पनि आफ्नै जेसिबी छ । यी पालिकाले बर्खामा भत्किएको सडक सकेसम्म दसैँअगावै सफा गरिसक्छन् । सफा गर्न अलि समय लाग्ने सडक दसैँतिहारपछि सफा गरिन्छ । पालिकाको आफ्नै डोजर हुँदा र नहुँदा धेरैअन्तर हुने महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राय बताउनुहुन्छ । “डोजर नहँदा बजेट छुट्याएर उपभोक्ता निर्माण समिति निर्माण गरी वा ठेक्का लगाएर काम गर्दा धेरै खर्च, धेरै समय लाग्ने मात्र नभई धेरै झन्झटिलो पनि हुन्छ । कतिपय स्थानमा त बजेट अभावका कारण सडक सरसफाइ गर्नै नसकिने अवस्था हुन्थ्यो तर अहिले आफ्नै डोजर भएपछि धेरै सहज भएको छ,” प्रमुख राय भन्नुहुन्छ ।

धेरैतिर सडक निर्माण भए पनि समयमा सफा गर्न नसक्दा सडक प्रयोग नहुने अवस्थामा छन् तर यी पालिकाका सडकमा त्यो समस्या छैन । यही कारण बिरामी पर्दा एम्बुलेन्स गाउँसम्म पुग्न, गाउँमा भएको कृषिजन्य उत्पादन सडकसम्म पुयाउन तथा दैनिक उपभोग्य सामग्री गाउँ गाउँ पुयाउन निकै सहज हुने गरेको धनकुटाको चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ बताउनुहुन्छ । “डोजर बाटो खुलाउन मात्र नभई बाढीपहिरो, आगलागी जस्ता विपत् पर्दासमेत धेरै उपयोगी हुने गरेको छ,” अध्यक्ष चेम्जोङ भन्नुहुन्छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...