साढे तीन करोडको लागतमा पशुपति सेवा सदन निर्माण

Published on

काठमाडौं । झापाको दमकमा डेढ करोडभन्दा बढीको लागत सहभागितासहित साढे तीन करोडको लागतमा सुविधा सम्पन्न पशुपति सेवा सदन भवन निर्माणको काम सम्पन्न भएको छ । झण्डै ५० प्रतिशत जनसहभागितामा निर्माण सुरु भएको १५ वर्षपछि भवन निर्माण भएर उद्घाटन भएको हो ।

शिवरात्रिको अवसर पारेर शुक्रबार जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन तले पशुपति सेवा सदनको उद्घाटन गर्नु भएको हो । यसको शिलान्यास बि।स। २०६४ साल फागुन २२ गते आचार्य पण्डित पुष्पलाल निरौलाले गर्नु भएको थियो । तीन करोड ५९ लाख २४ हजार १४६ रुपियाँको लागतमा पशुपति सेवा सदनको भवन बनेको हो । विभिन्न दाताहरूबाट एक करोड ५४ लाख ९६ हजार ६५९ रुपियाँ प्राप्त भएको र बाँकी रकम संसद् विकास कोष, स्थानीय सरकारसहित विभिन्न सरकारी निकायहरूबाट प्राप्त बजेटले काम पूरा भएको जानकारी दिइएको छ । दमक नगरपालिकाका प्रमुख एवम् पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाका अनुसार ५० प्रतिशत अर्थात् डेढ करोडभन्दा बढी आर्थिक जन सहभागिता रहेको छ । पशुपति सेवा सदनमा एक हजारसम्म मानिसहरू अटने सुविधायुक्त कार्यक्रम हलसहित एक सयभन्दा बढी बसोबास गर्न मिल्ने कोठाहरू निर्माण भएका छन् । पशुपति मन्दिरमा लगातार १८ पुराणको समेत आयोजना भइसकेको र यो पवित्रभूमि बनेकाले आउने धार्मिक पर्यटकहरूलाई बसोबास सहित खानेपीनको व्यवस्थापन गर्न आफूहरू लागिरहेको उहाँले बताउनु भएको छ ।

दमकमा सुविधा सम्पन्न अतिथि सदन बनाउन भनेर महायज्ञ लगाएर केही रकम उठाइएपनि उक्त अतिथि सदन बनाउने स्थलको विवादका कारण रोकिएको थियो । त्यही समय दमक वडा नं। ६ स्थित पशुपति मन्दिर परिसर भित्र पशुपति सेवा सदन भवन निर्माणका लागि नन्दीकेशर अधिकारीको संयोजकत्वमा निर्माण समिति बनेर काम सुरु गरिएको बताइएको छ ।गोरखापत्र

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...