साढे तीन करोडको लागतमा पशुपति सेवा सदन निर्माण

Published on

काठमाडौं । झापाको दमकमा डेढ करोडभन्दा बढीको लागत सहभागितासहित साढे तीन करोडको लागतमा सुविधा सम्पन्न पशुपति सेवा सदन भवन निर्माणको काम सम्पन्न भएको छ । झण्डै ५० प्रतिशत जनसहभागितामा निर्माण सुरु भएको १५ वर्षपछि भवन निर्माण भएर उद्घाटन भएको हो ।

शिवरात्रिको अवसर पारेर शुक्रबार जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन तले पशुपति सेवा सदनको उद्घाटन गर्नु भएको हो । यसको शिलान्यास बि।स। २०६४ साल फागुन २२ गते आचार्य पण्डित पुष्पलाल निरौलाले गर्नु भएको थियो । तीन करोड ५९ लाख २४ हजार १४६ रुपियाँको लागतमा पशुपति सेवा सदनको भवन बनेको हो । विभिन्न दाताहरूबाट एक करोड ५४ लाख ९६ हजार ६५९ रुपियाँ प्राप्त भएको र बाँकी रकम संसद् विकास कोष, स्थानीय सरकारसहित विभिन्न सरकारी निकायहरूबाट प्राप्त बजेटले काम पूरा भएको जानकारी दिइएको छ । दमक नगरपालिकाका प्रमुख एवम् पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाका अनुसार ५० प्रतिशत अर्थात् डेढ करोडभन्दा बढी आर्थिक जन सहभागिता रहेको छ । पशुपति सेवा सदनमा एक हजारसम्म मानिसहरू अटने सुविधायुक्त कार्यक्रम हलसहित एक सयभन्दा बढी बसोबास गर्न मिल्ने कोठाहरू निर्माण भएका छन् । पशुपति मन्दिरमा लगातार १८ पुराणको समेत आयोजना भइसकेको र यो पवित्रभूमि बनेकाले आउने धार्मिक पर्यटकहरूलाई बसोबास सहित खानेपीनको व्यवस्थापन गर्न आफूहरू लागिरहेको उहाँले बताउनु भएको छ ।

दमकमा सुविधा सम्पन्न अतिथि सदन बनाउन भनेर महायज्ञ लगाएर केही रकम उठाइएपनि उक्त अतिथि सदन बनाउने स्थलको विवादका कारण रोकिएको थियो । त्यही समय दमक वडा नं। ६ स्थित पशुपति मन्दिर परिसर भित्र पशुपति सेवा सदन भवन निर्माणका लागि नन्दीकेशर अधिकारीको संयोजकत्वमा निर्माण समिति बनेर काम सुरु गरिएको बताइएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...