खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

Published on

काठमाडौं । स्याङ्जाको वालिङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबको चौथो वार्षिकोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा राष्ट्रिय स्तरमा खेल प्रदर्शन गरिसकेका खेलाडीसहित नौ टिमहरु सहभागी छन् भने ३५ वर्ष उमेर समूह पार गरेका भेट्रान्स समूहतर्फ आठ टिम सहभागी रहेका क्लवका अध्यक्ष दीपेन्द्र खाँणले जानकारी दिनुभयो । खेल लिगकम नकआउट विधिबाट सञ्चालन हुने अध्यक्ष खाँणले बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजारसहित शिल्ड प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद एक लाखसहित शिल्ड प्राप्त गर्दा तृतीय हुने टिमले नगद ५० हजार र शिल्ड एवम् सान्त्वना हुने टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयो । यस्तैगरी, विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने शर्माले बताउनु भयो ।

भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले आगामी तीन वर्षमा खेल क्षेत्रको विकासमा महसुस हुने गरी नीति नियम तथा बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...